कञ्चनपुर। नेपालमा जेन-जी आन्दोलनले हिंसात्मक रूप लिएपछि छिमेकी मुलुक भारतले पश्चिमी सीमा नाका गड्डाचौकीबाट नेपालीलाई भारत बाहिरिन रोक लगाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुदूरपश्चिमका सबै सीमा नाकामा कडाइ गरेको जानकारी दिएका छन्।
भारतबाट नेपाल फर्किने नेपाली नागरिकहरूलाई नेपाली परिचयपत्र अनिवार्य गरिएको छ भने भारततर्फ जान चाहने भारतीय नागरिकहरूका लागि भारतीय आधार कार्ड अनिवार्य गरिएको छ।
यसैबीच, बुधबार भारतीय एसएसबीले कारागारबाट भागेर भारत प्रवेश गर्न लागेका चार जनालाई नियन्त्रणमा लिई नेपाल प्रहरीको जिम्मा लगाएको छ।