काठमाडौँ। नेपालमा देखिएको विषम परिस्थितिका कारण आज (भदौ २५) र भोलि (भदौ २६) गरी दुई दिन सेयर कारोबार बन्द हुने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक सूचना जारी गर्दै यो जानकारी दिएको हो।
नेप्सेका अनुसार, हालको अवस्था र कारोबार सदस्य तथा लगानीकर्ताहरूको अनुरोधका आधारमा सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार सम्पूर्ण धितोपत्र कारोबार स्थगित गरिएको छ।