arrow

जुम्ला कारागारबाट ३६ कैदी फरार, खोजी कार्य जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
jumla-karagar.jpg

जुम्ला । जुम्लाको जिल्ला कारागारबाट ३६ जना कैदी फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रविनबाबु रेग्मीका अनुसार गएराति (भदौ २४ गते) जेलबाट कैदीहरू फरार भएका हुन् ।

डीएसपी रेग्मीका अनुसार केही कैदीलाई भाग्नुअघि नै नियन्त्रणमा लिइएको भए पनि ३६ जना भने हालसम्म सम्पर्कमा आएका छैनन् ।

प्रहरीका अनुसार ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदीहरू फरार भएका थिए ।

प्रारम्भिक अनुसन्धान अनुसार कैदीहरू योजनाबद्ध रूपमा भागेका हुनसक्ने आशंका गरिएको छ ।

घटनापछि स्थानीय सुरक्षाकर्मीले खोजी अभियान तीव्र पारेका छन् ।

काठमाडौँका कारागारमा जेनजी आन्दोलनको प्रभावसँगै जुम्लामा पनि प्रभाव परेको छ । 

प्रहरीका अनुसार राति कैदीहरूले प्रहरीमाथि आक्रमण गरेर आफैँ बलपूर्वक फरार भएको प्रारम्भिक बुझाइ छ । 

हाल फरार भएका कैदीहरू कुन मुद्दामा कारागारमा थुनिएका थिए भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।

घटनासँग सम्बन्धित थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ