-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले जेन-जी पुस्ताका आन्दोलनकारीहरूलाई घर फर्कन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत देश अब जेन-जीकै हातमा रहेको र थप हुने क्षति आफ्नै हुने भन्दै आन्दोलन रोक्न अनुरोध गरेका हुन्।
उनले लेखेका छन्, “प्लिज जेन–जी देश तपाईंहरूकै हातमा हो। तपाईंहरूले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्कनुस्।”