सुरक्षा प्रमुखहरूको नागरिकलाई शान्ति कायम राख्न अपिल
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
687
Shares
काठमाडौँ। नेपालका मुख्य सुरक्षा निकाय र कर्मचारी नेतृत्वले देशभर जारी जेन-जीको प्रदर्शनका कारण थप जनधनको क्षति हुन नदिन आम नागरिकसँग अपिल गरेका छन्।
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजू अर्याल, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त रूपमा एक अपिल जारी गर्दै सबैलाई संयमित हुन आग्रह गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा राजनीतिक संवादबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न पनि उनीहरूले सम्बद्ध सबैमा अपिल गरेका छन्। सोमबारदेखि काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनमा भएको मानवीय क्षतिप्रति उहाँहरूले दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका छन्।