काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज ललितपुरस्थित नक्खु कारागारबाट रिहा भएका छन्।
सहकारी ठगीसम्बन्धी अभियोगमा उनी कारागारमा थुनामा थिए।
ठूलो संख्यामा प्रदर्शनकारीहरूले कारागार घेराउ गरेपछि स्थिति थप बिग्रन नदिन र नियन्त्रणमा राख्ने सर्तमा उनलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले जानकारी दिए।