काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको स्वयम्भू, शोभा भगवतीस्थित निवासमा तोडफोड भएको छ।
प्रदर्शनकारीहरूको भीडले घरमाथि ढुङ्गामुढा गर्नुका साथै नजिकै रहेको शोभा भगवती पुलिस बिटमा आगजनी गरेको छ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्धको आन्दोलनले उग्र रूप लिएपछि देशभर नेताहरूको निवास, पार्टी कार्यालय र सरकारी सम्पत्तिमाथि आक्रमण भइरहेको छ।