काठमाडौँ । आन्दोलनकारीले निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा आगजनी गरेका छन् । बिहान काठमाडौँको नैकापमा रहेको उनको घरमा आन्दोलनकारीले आगो लगाएका हुन् ।
सोमबार भएको जेन-जीको आन्दोलनमा १९ युवालाई सरकारले गोली हानेर मारेसँगै नैतिकताका आधारमा गृहमन्त्रीबाट उनले सोमबार राति राजीनामा दिएका थिए ।
तैपनि उनकै आदेशमा नरसंहार भएको भन्दै आन्दोलनकारीले उनको घरमा आगजनी गरेका हुन् ।