-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । जेन-जी पुस्ताका प्रदर्शनकारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजानी गरेका छन् ।
मंगलबार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।
सोमबारदेखि जेनजीको आन्दोलन चलेको थियो । उक्त आन्दोलनमा झडप बढेपछि उनीहरुले मंगलबार नेता कार्यकर्ताको निजी निवासमै गएर ढुंगामुढा र आगजनी गरेका हुन् ।
यसपछि उनीहरु देउवा निवास बूढानीलकण्ठतर्फ अघि बढेका थिए ।