arrow

निषेधाज्ञाका कारण आज पुँजीबजारको कारोबार स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
nepse-building-81.jpg

काठमाडौँ। काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज (सोमबार) पुँजीबजारको कारोबार स्थगित गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक सार्वजनिक सूचना जारी गर्दै आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको जनाएको हो।

नेप्सेका अनुसार, काठमाडौँको चक्रपथभित्र कर्फ्यू आदेश जारी भएको र धेरै कारोबार सदस्य तथा लगानीकर्ताबाट पनि कारोबार स्थगनका लागि अनुरोध आएपछि यो निर्णय गरिएको हो।

सूचनामा भनिएको छ, “सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगित गरिएको छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ