arrow

काठमाडौँमा रगत अभाव भएपछि झापाबाट पठाइयो रगत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
genz-82-5-23vbvvfv.jpg

झापा । काठमाडौं उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले आज (मंगलबार) ७१ पाउण्ड रगत पठाएको छ।

सोमबार जेन-जी पुस्ताले गरेको आन्दोलनमा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन बिहान ७:१५ बजेको बुद्ध एयरको उडानमार्फत रगत पठाइएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताए।

जेन-जी पुस्ताले सोमबार झापामा पनि आन्दोलन गरेका थिए। सो क्रममा दमकमा केही युवा घाइते भएका थिए। प्रदर्शनले उग्र रूप लिएपछि झापा जिल्ला प्रशासन कार्यालयले गए रातिदेखि आज बिहान ५ बजेसम्म दमक र बिर्तामोडमा निषेधाज्ञा लगाएको थियो। निषेधाज्ञा अहिले हटाइसकिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ