arrow

गृहमन्त्री लेखकले दिए राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
ramesh-lekhak-30.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । आज जेन–जीको आन्दोलनमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरी १९ जनाको ज्यान लिएसँगै गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

राजीनामा दिनुअघि उनले नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आफूले राजीनामा दिने बताएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको बैठकपछि बालुवाटार आएर उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । 

नेपालको अहिलेसम्मको राजनीतिक इतिहासमा एकैदिन १९ जनाको ज्यान गएको यो पहिलो घटना हो । थुप्रै गम्भीर घाइते भएका छन् । जसका कारण मृतकको संख्यासमेत बढ्न सक्ने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ