arrow

सुर्खेतमा जेन-जी पुस्ता विभाजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
genz-surkhet.jpg

सुर्खेत । भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै युवा सडकमा उत्रिएका जेनजी पुस्ताका युवाहरु दुई समूहमा विभाजित भएका छन् ।

सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरु आफैं दुई समूहमा विभाजित भएपछि आन्दोलन प्रभावकारी हुन सकेन । 

सामाजिक सञ्जालमा आह्वान गरिएको आन्दोलनका लागि सोमबार स्वतःस्फूर्त जेनजीहरू भेला भएका थिए । दिउँसो १२ बजे सुरु भएर बजारमा परिक्रमा गरेको थियो ।

प्रदर्शनकै क्रममा राजनितिक घुसपैठ भएको भन्दै सामाजिक सञ्जालमा आह्वानकर्ता जेनजीहरुले घण्टाघर चोकमा कोणसभा गरका थिए भने केही युवाहरुको समूहले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर नाराबाजी गरेका थिए । 

सयौको संख्यामा रहेका प्रदर्शनकारीले वीरेन्द्रनगर बजार परिक्रमा गरेका थिए । आन्दोलनमा सहभागी रचना खड्काले देशलाई डुबाएर रमाइरहेको सरकारले नागरिकलाई दुःख दिएको बताइन् ।

उनले आफूहरू स्वतः स्फूर्त सडकमा आएर अहिलेको भ्रष्टाचारी सरकार र उसको क्रियाकलापबारे आवाज उठाएको बताइन् ।

घण्टाघर चोकमा भएको कोणसभामा सावित्री भट्टराईले देशको समग्र वेथिति विरुद्ध युवापुस्ता सडकमा उत्रनु परेको भन्दै देशको भविष्यका लागि युवाहरुको खवरदारी जरुरी भएको बताइन् ।

सरकारले सामाजिक सञ्जाल बन्द गरेर मुलुकलाई ढुंगेयुगतिर धकेलेको उनको आरोप छ । आन्दोलनमै सहभागी नबराज शाहीले युवा पुस्तामा अहिलेको सरकारप्रति बढिरहेको बितृष्णा नै आन्दोलनको पहिलो रुप भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ