arrow

जेन-जी आन्दोलनमा मृत्यु हुने १९ पुगे, दुई सय ५६ घाइतेमध्ये २२ गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
genz-parliament-82-5-23mm.jpg

काठमाडौँ । जेन-जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । बानेश्वरमा भएको आन्दोलनमा परी १७ जना प्रदर्शनकारीको मृत्यु भएको स्वास्थ्य मन्त्रीका प्रेस संयोजक पवन पौडेलले जानकारी दिए ।

उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन् भने २२ जना गम्भीर छन् । 

उनले भने, ‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन् । ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ ।’

सिभिल सर्भिस अस्पतालमा एक सय जना घाईते तीन जनाको मृत्यु, १५ जनालाई वीर अस्पताल र ट्रमा सेन्टरमा पठाइएको छ । 

राष्ट्रिय ट्रमा सेन्टरमा ४९ घाइतेको उपचार भइरहेको छ भने आठ जनाको मृत्यु भएको छ । एभरेष्ट अस्पतालमा ३४ जना घाईते छन् । तीन जनाको मृत्यु भएको छ।

काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३२ जना घाइते छन् भने दुई जनाको मृत्यु भएको छ । ६ जनाको शल्यक्रिया गर्नुपर्ने छ । 

टिचिङ शिक्षण अस्पताल मा १८ घाइते छन् भने एक जनाको मृत्यु भएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा तीन जना घाईते भएका छन् । 

यस्तै, गण्डकी मेडिकल कलेजमा एक जना घाइते र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना घाईते, दमक अस्पतालमा सात जना घाइतेको उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

उता इटहरीमा २ जनाको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ