arrow

बुटवल-भैरहवा क्षेत्रमा कर्फ्यू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
cdo-rupandehi.jpg

रुपन्देही । जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल-भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न सोमबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम रुपन्देही जिल्लाका बुटवलदेखि भैरहवा क्षेत्रसम्म सोमबार अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले हस्ताक्षर गरेको सूचनामा उल्लेख अनुसार तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

कर्फ्यू लागू हुने क्षेत्रहरू यस्ता छन् :

बुटवल क्षेत्र ।

पूर्वः पेट्रोल पम्प धागो कारखाना पुलसम्म ।
पश्चिमः बेलवास चोकसम्म ।

उत्तरः चिडिया खोलासम्म ।
दक्षिणः मंगलापुरसम्म ।

भैरहवा क्षेत्र
पूर्वः रोहिणी खोला पुलसम्म।
पश्चिमः बेथरी पुलसम्म।
उत्तरः बुद्धचोकसम्म।
दक्षिणः मेउडीहवासम्म।

यसैगरी, बुटवल-बेलहिया सडकखण्डको दायाँबायाँ एकसय मिटर क्षेत्रभित्र पनि कर्फ्यू लागू हुनेछ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले जारी गरेको आदेशमा तोकिएको क्षेत्रभित्र शान्ति सुरक्षा तथा जनसुरक्षालाई मध्यनजर गर्दै सो अवधि भित्र सर्वसाधारणलाई घर बाहिर ननिस्कन तथा कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ ।

आदेशको उल्लंघन गरे कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ