-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । जेन-जी आन्दोनमा सहभागी प्रदर्शनकारीले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।
काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेड हुँदा गोली समेत चलाईयो जसको कारण आन्दोलन चर्किएको थियो ।
सोही क्रममा प्रदर्शनकारीहरुले समाजवादीको पार्टी कार्यालय तीनकुने पुगेर तोडफोड गरेका हुन् ।
प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटतर्फ लागिरहेको क्रममा प्रहरीले फर्काएको थियो ।
आन्दोलनका क्रममा पछिल्लो जानकारी अनुसार गोली लागेर १४ जना प्रदर्शनकारीको मृत्यु भइरहेको छ । दुई सय भन्दा बढी घाइते छन् ।