arrow

जेन-जीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
genz-82-5-23ccc.jpg

काठमाडौँ । जेन-जीको प्रदर्शनमा १४ जनाको मृत्यु भएको छ । काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेट हुँदा १४ जना प्रदर्शनकारीको निधन भएको हो ।

ट्रमा सेन्टरमा ७, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १ र केएमसीमा १ जनाको मृत्यु भएको हो । थुप्रै गम्भीर घाइते भएका छन् । विभिन्न अस्पतालमा २ सय भन्दा बढीको उपचार भइरहेको अस्पतालहरुले जनाएका छन् ।

सिभिलमा मात्रै सय जनाको उपचार भइरहेको बताइएकाे छ । त्यस्तै ट्रमा सेन्टरमा ५० जना रहेका छन् । आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो ।

प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको छ भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको हो ।

उता, ट्रमा सेन्टरमा उपचाररत थप पाँच आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको छ । यस्तै केएमसी अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालमा एक र एभरेष्ट अस्पतालमा तीन जना जनाको मृत्यु भएको हो ।

यता आन्दोलनका क्रमममा गोली लागेर पोखरा पनि एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । मुख्यमन्त्रीको कार्यालयमा आगलागीको प्रयास भएपछि प्रहरीले गोली चलाएका जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ