कर्फ्युको बीचमा गैरजिम्मेवार बोर्डिङ स्कूलहरुले बोलाए अभिभावक
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
1.3k
Shares
काठमाडौँ । अहिले काठमाडौँको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । जेनजी नेपालको आह्वानमा भएको आन्दोलन अनियन्त्रित भएपछि बानेश्वर क्षेत्रमा गोली लागेर एक जनाको ज्यान गएको छ भने झण्डै सयको संख्यामा घाइते भएका छन् ।
केही गम्भीर छन् । गम्भीर हुनेमा प्रहरीसमेत रहेका छन् । माइतीघर मण्डलाबाट आएको जेनजीको जुलुस निषेधित क्षेत्र संसद भवनमा छिरेपछि तनाव भएको हो ।
प्रहरीले रबरका गोलीसमेत हानेको थियो । हवाई फायर पनि भएको थियो । उक्त आन्दोलनमा घुसपैठ भएको भन्दै जेनजी नेपालले आन्दोलनकारीलाई तत्काल फिर्ता जान भनेको छ ।
यता, निजी स्कूलहरुले अभिभावकलाई फोन गरेर आफ्नो बच्चा लैजान भनेका छन् । बानेश्वर क्षेत्रमा कर्फ्यु लागिरहेका अवस्थामा विद्यार्थीलाई सही सलामत सुरक्षाघेरामा घर पुर्याउनु पर्ने दायित्व बिर्सेर निजी विद्यालयहरुले अभिभावकलाई फोन गरेर बच्चा लिन आउन भनेका हुन् ।
केही अभिभावकले हाम्राकुरासँग सम्पर्क गरेर विद्यालयहरुले अत्याचार गरेको, आफूहरु कसरी जान सकिन्छ भनेर गुनासोसमेत गरेका छन् ।