जेनजीको आन्दोलनमा घुसपैठ, थुप्रैलाई गोली, दुई प्रहरीसहित केही गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
641
Shares
काठमाडौँ । जेनजी पुस्तामा घुसपैठ भएसँगै आन्दोलनले गम्भीर रुप लिएको छ । नयाँ बानेश्वर क्षेत्रमा लामो समयदेखि तनाव जारी छ । जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वरसँगै सिंहदरबार, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयमा कर्फ्यु लगाएको छ ।
जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनकारीलाई तत्काल घर जान आग्रह गरेको छ । यद्यपि उक्त आन्दोलनमा विपक्षी दलहरुका कार्यकर्ता रहेको दाबी गरिएको छ । उनीहरुले आन्तरिक सर्कुलर जारी गरी आफूहरुलाई बानेश्वरमा भेला हुन बताएको आन्दोलनकारीले जनाएका छन् ।
त्यसका लागि कसैलाई पनि पार्टीको झण्डा नबोकी आउन भनिएको पनि केहीले बताएका छन् ।
यसैबीच आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले चलाएको अन्धाधुन्ध गोलीले थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । झण्डै सय जनाको संख्यामा घाइते भएको बताइएको छ ।
घाइतेहरुलाई बानेश्वरको सिभिल अस्पता र एभरेष्ट अस्पताल लगायतमा लगिएको छ । प्रदर्शनकारी संसद् भवन प्रवेश गरेपछि प्रहरीले गोली चलाएको थियो ।
संसद् भवनभित्र सय जनाको हाराहारीमा भित्र प्रवेश गरेका थिए ।
उक्त झडपमा दुई प्रहरीसहित केही गम्भीर घाइते भएका छन् । संचारकर्मीसमेत पनि घाइते भएका छन् ।
आन्दोलनकारीले भौतिक संरचना पनि नष्ट गरेका छन् । संसद भवनमा आगो लगाएका छन् । पर्खाल भत्काएका छन् ।