arrow

नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
nepali-army-deployed-tinkune.jpg
तस्बिर फाइल

काठमाडौं। जेनजी पुस्ताको प्रदर्शनले उग्र रूप लिएपछि र जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू आदेश जारी गरेपछि नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ।

भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जालको प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्र प्रवेश गर्न खोजेका थिए। 

त्यस क्रममा प्रहरीसँगको झडपमा स्थिति नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यू जारी गरेको हो। शान्ति सुरक्षा कायम गर्न र थप क्षति हुन नदिन सेना परिचालन गरिएको बताइएको छ।

हाल बानेश्वर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीको उपस्थिति छ र आवागमन पूर्ण रूपमा ठप्प पारिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ