जेनजीको प्रदर्शन अशान्त बनेपछि तत्कालै फर्कन आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
1.2k
Shares
काठमाडौं। भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरिएको जेन-जी पुस्ताको प्रदर्शन अशान्त बनेपछि प्रदर्शनकारीहरूलाई तत्कालै सुरक्षित तरिकाले फर्कन आह्वान गरिएको छ। 'जेनजी नेपाल' नामको फेसबुक पेजबाट यो आह्वान गरिएको हो।
फेसबुकमा जारी सूचनामा भनिएको छ, “कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला। धेरै स्वार्थ प्रेरित समूहहरूले भीडलाई उत्तेजित बनाइरहेका छन्। चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस्। हाम्रो आजको दिन सफल भइसकेको छ। आज सबै जना सुरक्षित तरिकाले घर जानुस्।”
सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरेपछि त्यसको विरोध र भ्रष्टाचार अन्त्यको माग गर्दै जेन-जी पुस्ताले माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरेको थियो। त्यस क्रममा प्रदर्शनकारीहरू संसद् भवनभित्र प्रवेश गरेपछि प्रहरीसँग झडप भएको थियो। भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो।