arrow

सिभिल अस्पतालभित्र अश्रुग्यास प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
civil-hos.jpg

काठमाडौँ । संसद् भवनअगाडि मिनभवनमा जारी जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले सिभिल अस्पतालभित्र अश्रुग्यास प्रहार गरेको छ। 

प्रदर्शनकारीहरू जबरजस्ती अस्पतालभित्र छिरेपछि प्रहरीले उनीहरूलाई बाहिर निकाल्न यो कदम चालेको हो।

यस घटनापछि अस्पतालभित्रको अवस्था चिन्ताजनक बनेको छ। बिरामीहरू अक्सिजन सिलिन्डर लिएर बाहिर निस्किरहेका छन्। साथै, आन्दोलनमा घाइते भएकाहरूलाई अस्पतालमा ल्याउने क्रम जारी रहेको छ।

प्रहरीको कारबाहीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको अपुष्ट खबर आए पनि त्यसको आधिकारिक पुष्टि हुन सकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ