काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रति तोला रु. ४०० ले घटेको छ। आइतबार रु. २ लाख १२ हजारमा कारोबार भएको सुन आज रु. २ लाख ११ हजार ६ सय मा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रति तोला रु. २५ ले घटेको छ। आइतबार रु. २ हजार ५ सयमा कारोबार भएको चाँदी आज रु. २ हजार ४ सय ७५ मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।