सेनाले पार्यो गाजा सिटीमा १५ तले आवासीय टावर ध्वस्त
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
1.9k
Shares
काठमाडौँ । इजरायली सेनाले गाजा सिटीमा १५ तले अर्को एक आवासीय टावर ध्वस्त पारेको छ। यो घटना एउटा १३ तले टावर ध्वस्त पारेको २४ घण्टापछि भएको हो।
गाजाका बासिन्दाका अनुसार, इजरायली युद्धक विमानहरूले गाजा सिटीको पश्चिमी भागमा रहेको अल-सुसी टावरमा लगातार धेरै क्षेप्यास्त्र प्रहार गरेका थिए। यसले गर्दा केही मिनेटमै पूरै भवन भग्नावशेषमा परिणत भयो।
यो शक्तिशाली विस्फोटबाट वरपरका घर, पसल र सडकहरूमा पनि ठूलो क्षति पुगेको छ। यसअघि शुक्रबार इजरायली विमानले सोही क्षेत्रमा रहेको १३ तले मुश्ताहा टावर पनि ध्वस्त पारेको थियो। इजरायली सेनाले आफ्नो सैन्य कारबाही विस्तार गरिरहँदा यी घटनाहरू भएका हुन्।