arrow

मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिणतिर, देशभर बदली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिणतिर रहेकाले आज देशभरको मौसममा बदली रहनेछ।

आज दिउँसो देशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली हुनेछ। पहाडी क्षेत्रका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी, कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ। ती प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी पहाड तथा तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। यसका साथै, कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ