arrow

जेनजीको विरोध र्‍यालीलाई बालेनको समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
balen-07-14.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताको विरोध र्‍यालीमा सहभागी बनेर बाठो नबन्न नेता/अभियन्तालाई आग्रह गरेका छन् ।  

आइतबार सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले जेनजीको विरोध र्‍यालीलाई समर्थन जनाउँदै आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न र उनीहरुलाई बुझ्न आग्रह गरेका छन् । 

‘भोलिको र्‍याली स्पष्ट स्वतस्फूर्त रूपमा जेनजीको हो । उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ । जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीका कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपूर समर्थन छ । प्रिय जेनजी भन्नुस्, तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?,’ बालेनले फेसबुकमा लेखेका छन् ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र मौलाउँदो भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सोमबार देशव्यापी रुपमा स्वतस्फूर्त विरोध गर्ने तयारी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ