भूमि समस्या समाधानका लागि प्रयास गरिन्छ : मुख्यमन्त्री बानिया
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
640
Shares
रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाले भूमि समस्या समाधानका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आइतबार भूमि समस्या समाधान आयोग रामेछापसँगको छलफलमा मुख्यमन्त्रीले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले आयोग बनाएको बताए ।
आयोगलाई काम गर्ने क्रममा धेरै समस्या भएको बताउँदै उनले ती समस्या समाधान गर्न वाग्मती प्रदेश सरकारको तर्फबाट सबै प्रयास गरिने बताए ।
कार्यक्रममा भूमि समस्या समाधान आयोग रामेछापका अध्यक्ष गौतमकुमार लामाले आयोगले जिल्लामा हालसम्म गरेका काम र काम गर्ने क्रममा आएका चुनौती बारे मुख्यमन्त्री बानियालाई जानकारी गराएका थिए ।
समस्या सुनेपछि मुख्यमन्त्रीले आफूले समस्याा सुनेको बताउँदै त्यसको समाधानको लागि सक्दो प्रयास गर्ने बताए ।
‘मैले यहाँका समस्या सुने, समस्या समाधानका लागि के गर्न सकिन्छ सुझाव पनि पाइयो, यहाँबाट फर्किएपछि समस्या समाधानको लागि जे गर्न सकिन्छ म गर्छु’, उनले भने ।
कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, आयोगका जिल्ला सदस्यहरू लगायतको सहभागिता थियो ।