-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडाैँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार पनि सुनको भाउ बढेको छ । आज सुन तोलामा दुई हजार र असली चाँदी तोलामा १० रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै छापावाला सुन प्रतितोला दुई लाख १२ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख १० हजार चार सय रुपैयाँ रहेको थियो ।
यता शुक्रबार प्रतितोला दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भएको असली चाँदी आज प्रतितोला दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख १२ हजारमा विक्री भइरहेको छ ।