arrow

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
meteorological-forcasting-d.jpg

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर रहेकाले आज देशभरको मौसममा बदली रहनेछ। सिकिम आसपाको निम्नचापीय क्षेत्रको प्रभाब नेपालको पु्र्वी भु-भागमा पर्ने देखिन्छ।

आज दिउँसो देशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी, कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेश, मधेश प्रदेश र देशका अन्य पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। यसका साथै, कोशी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ