काठमाडौँको मौसम रातिदेखि बिग्रियो, देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २१ शनिबार
1.1k
Shares
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
यता काठमाडौँ उपत्यकामा भने रातिदेखि नै मौसम बिग्रिएको छ । शनिबार बिहानसम्म पनि सिमसिम वर्षा भइरहेको थियो । मौसम अझै खुल्न सकेको छैन ।