संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
1.3k
Shares
काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा निर्विरोध चयन भएका छन्।
शुक्रबार समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बसेको बैठकमा खतिवडालाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो। समितिकी पूर्वसभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद रिक्त थियो र खतिवडाको एकल उम्मेदवारी परेको थियो।
सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भनी प्रस्ताव गरेका थिए भने नेकपा (एमाले) का सांसद महेश बर्तौलाले उनको प्रस्तावलाई समर्थन गरेका थिए।
यसअघि, खतिवडा राज्य व्यवस्था समितिको सभापति थिए। संघीय निजामति सेवा विधेयकमा 'कुलिङ अफ पिरियड' को व्यवस्थामा भएको हेरफेरका सम्बन्धमा छानबिन गर्न गठित समितिले उनलाई नैतिक र राजनीतिक रूपमा जिम्मेवार ठहर गरेपछि उनले राजीनामा दिएका थिए।