पूर्वप्रधानमन्त्री चन्दको योगदान अविस्मरणीय : कमल थापा
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
619
Shares
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको योगदान नेपाली राजनीति र जनताप्रतिको समर्पणको अविस्मरणीय उदाहरण भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा चन्दद्वारा लिखित 'बदलिँदो समयचक्र' नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै थापाले २०४६ सालको राजनीतिक अन्योलपछि चन्दको नेतृत्वमा भएको योगदानले मुलुकलाई महत्त्वपूर्ण दिशा दिएको दाबी गरे।
उनले पूर्वपञ्चहरूलाई संगठित गरेर राप्रपाको स्थापना र सञ्चालन गर्ने कार्यमा पनि चन्दको नेतृत्वदायी भूमिका रहेको भन्दै प्रशंसा गरे। थापाले भने, "आज हामी जो जहाँ भए पनि हाम्रो मूल एउटै हो, हामी एउटै परिवारका सदस्य हौं। त्यो परिवारको स्थापना गराउने मुख्य संस्थापक लोकेन्द्रबहादुर चन्द हुनुहुन्थ्यो।"
आफूलाई जन्म दिनेहरूलाई ओझेलमा पारेर अपमान गर्नु कसैको हितमा नहुने भन्दै उनले यस विषयमा सबै सचेत रहनुपर्ने बताए।