-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बिहीबार) स्थानीय बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ।
बुधबार प्रतितोला रु २ लाख ७ हजार ९ सय मा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कायम छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरी, चाँदीको मूल्य पनि स्थिर रहेको छ। हिजो प्रतितोला रु २ हजार ४ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आज पनि यथावत छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।