arrow

सामाजिक सञ्जाल नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुन:स्थापितमा जुटौँ : शंकर पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
shankar-pok.jpg

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याएका असल सामाजिक परम्पराहरू पुन:स्थापित गर्ने कोशिसमा जुट्न आग्रह गरेका छन् । 

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द हुने संकेत गर्दै यस्तो बताए हुन् ।

उनले लेखेका छन्, ‘सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुन:स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’

सरकारले दर्ता हुने दिएको समय बुधबार राति १२ बजेपछि सकिएसँगै फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ