arrow

एएफसी यू-२३ एसियन कप छनोट: नेपाल ताजकिस्तानसँग ४-० गोलले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
nepal-u-23-2022.jpg

काठमाडौँ। एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ। बुधबार राति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को खेलमा नेपाल आयोजक टोली ताजकिस्तानसँग ४–० गोलअन्तरले पराजित भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई गोल गरे भने रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक-एक गोल गरेका थिए।

समूह ‘के’ को अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले हराएको थियो। नेपालले अब आफ्नो दोस्रो खेल आगामी शनिबार सिरियासँग खेल्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ