arrow

देशभर बदली, पहाडी भूभाग र तराईमा मध्यम वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकोले आज (बिहीबार) देशभरको मौसम साधारणतया बदली रहनेछ।

महाशाखाका अनुसार, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, मधेश प्रदेशका थोरै र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।

महाशाखाले वर्षाका कारण नदी र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायातमा अवरोध आउन सक्ने भएकाले सतर्क रहन र पूर्वतयारी गर्न सबैलाई आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ