काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज (बुधबार) सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।
मंगलबार प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेको हो। यसैगरी, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।