एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनको तयारीमा छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
603
Shares
काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज (बिहीबार) बस्ने भएको छ। एमालेको दोस्रो विधान महाधिवेशनको तयारीबारे छलफल गर्न यो बैठक बोलाइएको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल गरिनेछ। यी तीनवटै प्रतिवेदनलाई छलफलपछि पारित गरेर विधान महाधिवेशनमा पेश गरिने उनले बताए।
एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा हुँदैछ। महाधिवेशनमा २ हजार ३५० जना सहभागी हुनेछन्, जसमा २ हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य छन्।