arrow

एएफसी यू-२३ एसियन कप छनोट: नेपालले आज ताजकिस्तानसँग खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
u23-nep-foot-25-9-3.jpg

काठमाडौँ । एएफसी यू-२३ एसियन कप छनोट बुधबारदेखि शुरू भएको छ । बुधबार ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा नेपालले घरेलु टिम ताजाकिस्तानसँग पहिलो खेल खेल्दैछ ।

नेपाल र ताजकिस्तान बीचको खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजे शुरू हुनेछ । समूह ‘के’ मा रहेको नेपालले ताजिकिस्तान, फिलिपिन्स र सिरियासँग खेल्नेछ । सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ ।

टोलीका प्रमुख प्रशिक्षक नवीन न्यौपाने हुन् भने टोलीमा गोलकिपर क्रिसल मोक्तान, अमित टमाटा, विशाल केसी छन् ।

डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सीमान्त थापा छन् ।

मिडफिल्डरमा आयुष घलान(कप्तान), अभिषेक स्यान्तान,एरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिस रत्न छुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ छन् ।

फर्वाड निराजन धामी र रोहन खड्की हुन् । एसटीएमको कप्तानी राष्ट्रिय टिमका सबै सदस्य रहिसकेका आयुष घलानले गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ