arrow

कोशी, तराई र बागमतीका पहाडी भागमा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकोले आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेशका साथै पहाडी भूभाग र तराईका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी र मधेश प्रदेशसहित देशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी, तराई र बागमती प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाले भारी वर्षाका कारण पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। साथै, ठूला र साना नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्ने र यातायातमा समेत असर पर्न सक्ने भएकाले सतर्क रहन र पूर्वतयारी गर्न सबैलाई आग्रह गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ