arrow

एभरेस्ट महिला भलिबल लिगः कर्णालीका तीन विदेशी खेलाडी आइपुगे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
volleyball-player.jpg

काठमाडौँ । पोखरामा हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन ग्रीसका एक र ब्राजिलका दुई महिला खेलाडी नेपाल आइपुगेका छन् । 

सोमबार काठमाडौँ ओर्लिएका उनीहरु आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुने लिगमा कर्णाली यशभिसबाट खेल्नेछन् । 

ग्रीसका राष्ट्रिय महिला भलिबल खेलाडी ‘इभान्जेलिया चान्टाभा’ सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिइन् भने ब्राजिलियन खेलाडीद्वय ‘आना फ्लाभिया’ र ‘मायरा भिटोरिया’ पनि सोमबार साँझ नेपाल आइपुगिन् ।

सन् २००५ देखि व्यवसायिक खेल जीवन शुरू गरेकी चान्टाभाले ग्रीसका अलवा इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया, जापानलगायतका देशको विभिन्न क्लबमा आबद्ध भएर खेलिसकेकी छन् । 

खेल जीवनमा उनको टिम दर्जनाँै पटक विजेता बनेको छ भने दर्जनाैँ अवार्डसमेत पाइसकेकी छन् । 

आउटसाइट हिटर चान्टाभाका लागि नेपाली क्लब र मैदान पहिलो हो । शुरूवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विजरल्याण्डबाट खेलिसकेकी छन् । स्लोभाकिया र स्पेनमा उनी उत्कृष्ट सेटर घोषित भएकी थिइन् ।

मायरा भिटोरिया पनि अनुभवी खेलाडी भित्र पर्दछिन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनीहरुले नेपालमा आएर भलिबल खेल्न पाउँदा खुसी लागेको र कर्णाली यशभिसलाई दोस्रो पटक च्याम्पियन बनाउने दाबी गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ