काठमाडौं । केही दिनदेखि घटिरहेको शेयर बजार नेप्से परिसूचक सोमबार भने १२दशमलव०३ अंकले बढेर २७६१दशमलव८६ बिन्दुमा रोकिएको छ ।
यसअघि आइतबार नेप्से परिसुचक ३१दशमलव१७ अंकले घट्दै २७४९दशमलव८३ बिन्दुमा बन्द भएको थियो । नेप्से बढी पनि साेमबार शेयर कारोबारमा भने अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ ।
यसअघि आइतबार ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर कारोबार भएको बजारमा आज सोमबार भने कुल ३२६ स्टकको ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बरारबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ३दशमलव७४ अंकले बढेको छ । फ्लोट इन्डेक्स १दशमलव१८ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १दशमलव४८ अंक बढेको छ ।
यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६दशमलव०७ प्रतिशतले बढेर प्रतिकित्ता २६७दशमलव५० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकको शेयर मूल्य ४दशमलव०८ प्रतिशतले बढेर प्रतिकित्ता ६५९दशमलव९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सिद्धार्थ बैंक लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३दशमलव२८ प्रतिशतले बढेर ३८८दशमलव७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य ७दशमलव६८ प्रतिशतले घटेर २२१२दशमलव०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । विकास हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ४दशमलव८८ प्रतिशतले घटेर ५१५दशमलव८० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी पियोर इनर्जी लिमिटेडको शेयर मूल्य ४दशमलव७१ प्रतिशतले घटेर प्रतिकित्ता ८६५दशमलव२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन नेपाल रिइन्स्यारेन्स, एभरेष्ट बैंक लिमिटेड, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्टक्चर र कुमारी बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।