arrow

एभरेस्ट महिला भलिबल लिगमा सहभागी हुन नेपाल आइन् ग्रीसकी चान्टाभा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
evangelia-chantava-greece.jpg

काठमाडौँ । आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने एभरेस्ट महिला भलिबल लिगमा सहभागी हुन ग्रीसकी च्याम्पियन आउटसाइड हिटर इभान्जेलिया चान्टाभा नेपाल आएकी छन् ।

दर्जनभन्दा बढी देशमा व्यावसायिक भलिबल खेलिसकेकी चान्टाभा कर्णाली यशभिस क्लबबाट खेल्नेछिन् । उनी सोमबार नेपाल आइपुगेकी हुन् ।

लिगमा प्रतिस्पर्धा गर्नका लागि कर्णाली यशभिसले उनलाई अनुबन्ध गरेको हो । आगामी लिगलाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन विदेशी खेलाडीको उपस्थितिलाई महत्वपूर्ण मानिएको छ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा प्रतिस्पर्धाका लागि कर्णाली यशभिसले विदेशी खेलाडि सेटर आना फ्लाभिया र मायरा भिटोरियालाई अनुबन्धित गरिसकेको छ ।

पहिलो संस्करणको विजेता कर्णाली यशभिसले दोस्रो संस्करणमा पनि जित निकाल्नका लागि ब्राजिलका महिला भलिबल खेलाडी अनुबन्ध गरेको हो ।

यसअघि कर्णाली यशभिसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने एभरेस्ट महिला भलिबल लिग काठमाडौँमा सञ्चालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ