arrow

देशभर बदली, बागमती र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर रहेको र अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली र वर्षाको सम्भावना छ।

आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि देशभरको मौसम साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी लगायतका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ