arrow

सप्तकोशी नदीमा पानीको सतह बढ्यो, ३१ ढोका खोलिए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
saptakoshi-water-level-81.jpg

धरान (सुनसरी)। सप्तकोशी नदीमा पानीको सतह बढेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार, आइतबार राति १० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव २,२६,५६० क्युसेक प्रतिसेकेण्ड पुगेको छ।

आइतबार दिउँसो २ बजे पानीको बहाव १,७४,३७५ क्युसेक मापन हुँदा २३ वटा ढोका खोलिएको थियो। अहिले पानीको बहाव बढेपछि ५६ ढोकामध्ये ३१ वटा ढोका खोलिएको छ।

प्रवक्ता खतिवडाले बताएअनुसार, कोशी ब्यारेजमा पानीको बहाव १,५०,००० क्युसेकभन्दा बढी भएपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिने गरिन्छ। अहिले पनि रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ। पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढिरहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ