साताको पहिलो दिनमै नेप्सेमा पहिरो, कारोबार पनि घट्यो
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
598
Shares
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३१ दशमलव १७ अंकले घट्दै २७४९दशमलव८३ बिन्दुमा बन्द भएको छ । यसअघि बिहीबार बजार ३८दशमलव१० अंकले घटेर २७८१ बिन्दुमा बन्द भएको थियो ।
यसअघि बिहीबार कुल ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर कारोबार भएको बजारमा आइतबार भने ३२१ स्टकको ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता बराबर शेयर कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ५दशमलव०३ अंकले घटेको छ । फ्लोट इन्डेक्स २दशमलव३१ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १दशमलव८४ अंकले घटेको छ ।
आज उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य १५२ रुपैयाँले बढेर प्रतिकित्ता २३९६दशमलव०७ रुपैयाँमा अन्तिम कारोबाार भएको छ ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ४२दशमलव३९ रुपैयाँले बढेर प्रतिकित्ता १०६१दशमलव५६ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, यसदिन ग्लोबल आईएमइ समुन्नत योजनको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
यस कम्पनीको शेयर मूल्य आज सर्वाधिक १० प्रतिशतले घट्दै प्रतिकित्ता १० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
नेपाल रिपिब्लक मिडियाको शेयर मूल्य प्रतिकित्ता ७दशमलव४५ प्रतिशतले घटेर ४९५दशमलव८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यस्तै, छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ७दशमलव०७ प्रतिशतले घट्दै २६५दशमलव१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन नेपाल रिइन्स्यारेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी कम्पनी, नेपाल रिपब्लिक मिडिया र पिपुल्स पावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।