arrow

मोटरसाइकल ट्रकमा ठोक्किँदा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
accident-final.jpg

हेटौँडा । मकवानपुरमा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका वडा नं १० टौखेलका ३२ वर्षीय अमिर गोपाली छन् ।

दुर्घटनामा गम्भीर घाइते गोपालीको उपचारका क्रममा मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डीएसपी श्यामु अर्यालले जानकारी दिए । 

डीएसपी अर्यालका अनुसार थाहा नगरपालिका वडा नं १० टौखेल गणेशमान सिंह सडकखण्डमा गोपालीले चलाएको बाप्र६६प २३५२ नम्बरको मोटरसाइकल माटेरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकिराखिएको ना७ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । 

ट्रक र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ