arrow

भाद्र शुक्ल अष्टमी : धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
mahalaxmi.jpg

काठमाडौँ। वैदिक सनातन धर्मावलम्बीहरूले आज भाद्र शुक्ल अष्टमीबाट १६ दिन लामो महालक्ष्मी व्रत सुरु गरेका छन्। धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरको रूपमा यो पर्वलाई लिइन्छ।

यो व्रत आश्विन कृष्ण सप्तमीसम्म अर्थात् यस वर्षको भदौ २४ गते बुधबारसम्म चल्नेछ। व्रतको अवधिभर ब्रह्मचर्यमा रहनुपर्ने र भूमिमा सुत्नुपर्ने नियम छ। यस व्रतका क्रममा प्रत्येक दिन एक छाक फलफूल मात्र खाएर र एक पटक मात्र नुन खाएर हविष्य भोजन गर्ने गरिन्छ। साथै, सोह्र दिनसम्म हरेक साँझ चन्द्रमालाई अर्घ्य दिने परम्परा छ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार, साक्षात् भगवान शंकरले यो व्रत विधि भगवती पार्वतीलाई बताएको विभिन्न ग्रन्थमा उल्लेख छ। यो व्रतले धन, सम्पत्ति र वैभव प्राप्त हुने तथा दुःख र दारिद्रय नाश भई सुख, शान्ति मिल्ने धार्मिक विश्वास छ। यो व्रत विशेषगरी नारीहरूले गर्ने गरेका छन्।

देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत र पूजाआराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्र रचना गरेको मानिन्छ। बिहान, मध्याह्न र साँझ गरी तीन पटक यो स्तोत्र पाठ गर्दा धनधान्य, सुख र वैभव प्राप्त हुनुका साथै शत्रुसमेत नाश हुने विश्वास छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ