arrow

देशका केही स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
rain-drain-82-5-6.jpg

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा वर्षा भइरहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।

पछिल्लो एक घण्टामा लमजुङको राइनासटार वर्षा मापन केन्द्रमा ११५.६ मिलिमिटर भारी वर्षा रेकर्ड भएको छ। यसैगरी, गोरखाको आरुघाटमा १७.१, स्याङ्जामा १४.२, सिन्धुपाल्चोकमा १५.२, डोटीमा १६.२ र बझाङको थलारामा ११.८ मिलिमिटर वर्षा मापन भएको छ। राजधानी काठमाडौँ आसपासका क्षेत्रमा पनि हल्का वर्षा भइरहेको छ।

विभागले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही साना नदीहरूको बहाव आकस्मिक रूपमा बढ्न सक्ने र बाढी आउने जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ