महानगर प्रहरीको काम सिनेमा हेरे जस्तो लाग्छ : बालेन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
739
Shares
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह बालेनले महानगर प्रहरीको काम सिनेमा हेरे जस्तो लाग्ने गरेको बताएका छन्। ३३औं महानगर प्रहरी दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले यो कुरा बताएका हुन्।
मेयर शाहले आफू सानो हुँदा हलिउड फिल्महरूमा न्युयोर्क सिटी पुलिसले गर्ने जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको बताए। फिल्ममा देखाइने यस्ता कुराहरू यथार्थमा परिणत हुनु खुसीको कुरा भएको उनको भनाइ थियो।
मेयर शाहले काठमाडौं महानगरपालिकाबाट धेरै पालिकाहरूले काम गर्ने शैली सिक्न खोजेको र यसमा महानगर प्रहरीको ठूलो योगदान रहेको बताए। उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, अतिक्रमण हटाउने, सुशासन, सुव्यवस्था र अनुगमन गर्ने जस्ता काममा नगरप्रहरीको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिए।
मेयर शाहले महानगरप्रहरीको काम, कर्मनिष्ठा र योगदानलाई अन्य सिटी पुलिस र स्थानीय तहका सरकारका लागि भविष्यमा पनि प्रेरणाको स्रोतको रूपमा रहने विश्वास व्यक्त गरे।